close

ओलीलाई नेपालको चुनौती : दम्भ देखाए विनाशबाहेक केही हात लाग्दैन  

ओलीलाई नेपालको चुनौती : दम्भ देखाए विनाशबाहेक केही हात लाग्दैन  

Trulli
ADVERTISEMENT

पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कांग्रेस र कम्युनिस्ट मिलेर मात्रै विगतमा परिवर्तन सम्भव भएको बताउँदै स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट कांग्रेस मिलेर जान निर्देशन दिएका छन् । 

 

आइतबार पोखरामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । 

 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै धेरै दम्भ देखाए विनाशबाहेक अरू नहुने पनि बताएका छन् । साथै उनले प्रतिगामीलाई परास्त गर्न गठबन्धनभित्र किचलो गर्न नहुने पनि बताए ।

 

कम्युनिस्ट र कांग्रेसबीच भएको गठबन्धनलाई लिएर कतिपय कांग्रेसका नेता तथा कार्यकर्ताले कसरी कम्युनिस्टलाई भोट हाल्ने भनी आलोचना गर्दै आएका छन् । 

 

आज पोखरामा अध्यक्ष नेपालले दिएको अभिव्यक्तिजस्तै भरतपुरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि लालसलाम र जयनेपाल एक ठाउँ हुन आवश्यक रहेको बताएका थिए ।

 

६ महानगरमध्ये पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीले पोखरामा मात्रै मेयर पदमा उम्मेद्वार उठाएको छ ।

 

यसबारे यही विषयलाई लिएर पोखरेली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ । आफूहरूले पोखरा महानगरपालिका छाड्न नसक्ने भनी दबाब दिन उनीहरू दबाब दिन काठमाडौंसम्म आएका थिए ।