close

ओली प्रजातन्त्र र गणतन्त्रको विरुद्धमा : देउवा

काँग्रेसलाई गठबन्धन आवश्यक

ओली प्रजातन्त्र र गणतन्त्रको विरुद्धमा : देउवा

काँग्रेसलाई गठबन्धन आवश्यक

Trulli
ADVERTISEMENT

पोखरा । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन सबैभन्दा बढी आवश्यक काँग्रेस कै लागि भएको स्विकारेका छन्।

 

आज आइतबार पोखरामा आयोजित पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘काँग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ ।’

 

उनले गठबन्धन बन्नुअघि काँग्रेसको अवस्था कस्तो थियो? भनेर पनि गठबन्धनबाट असन्तुष्ट कार्यकर्तालाई प्रश्न गरेका छन्। ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो?’ देउवाले सोधे, ‘आज काँग्रेस अरू दलसँग मिलेर सरकारमा छ। काँग्रेसलाई सरकारमा ल्याएका छन् । त्यसैले गठबन्धनका दलहरू बिच कुनै शंका उपशंका गर्नै हुँदैन।’

 

गठबन्धनको कारण सबैभन्दा बढी फाइदा काँग्रेसलाई भएको पनि उनले बताए।

 

‘गठबन्धनले पार्टीलाई फाइदा भएको छ, प्रचण्डजी, माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गरेका छन्, हामीलाई सरकारमा ल्याएका छन्,’ उनले भने, ‘हाम्रा मुख्यमन्त्री बनाएका छन्, काँग्रेसको कर्तव्य हो गठबन्धनलाई सफल पार्ने।’

 

उनले कुनै हालतमा गठबन्धन जोगाउनै पर्ने मत राखे। ‘हाम्रो कर्तव्य नै कुनै पनि हालमा गठबन्धन बचाउनु छ। गठबन्धन सबैभन्दा धेरै आवश्यक काँग्रेसका लागि छ,’ उनले भने।

 

देउवाले एमाले अध्यक्ष ओली प्रजातन्त्र र गणतन्त्रको विरुद्धमा रहेको आरोप समेत लगाएका छन्।

 

‘पार्लियामेन्टमा विरोध गर्‍यो भने भंग गर्दिहाल्ने। उनी अर्कै खाले मान्छे हुन्। पार्लियामेन्ट सिस्टम मान्ने वाला  होइनन् उनी। पार्लियामेन्टमा विपक्षीले विरोध गर्न पाउँछ नि। हामीले विरोध गरेका थियौँ, विरोध गर्दा संसद् भंग गर्दिने ?’,उनले भने, ‘गठबन्धनको सबैभन्दा आवश्यकता काँग्रेसलाई छ।'