close

जेठ १५ को बजेट गठबन्धनको अन्तिम बजेट : ओली 

जेठ १५ को बजेट गठबन्धनको अन्तिम बजेट : ओली 

Trulli
ADVERTISEMENT

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन चुनाव हार्ने डरले धाक–धम्कीमा उत्रिएको बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

 

सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ । जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै उनले भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने बताए । 

 

एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे ।

 

कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको ओलीले आरोप लगाए । 
 

अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको आरोपसमेत उनले लगाए ।
 

उनले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताए । ओलीले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताए । 

 

पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताए ।  एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उनको भनाइ छ । 

 

भैरहवा, पोखरालगायत अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौंसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उनले दाबी गरे ।
 

यस्तै, आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने ठोकुवासमेत गरे । साथै, उनले भोट नदिए पठाइँदैन भन्दै हिँड्नुको अर्थ नभएको उनले बताए ।