close

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभर चुनावी सभाको आयोजना गरिरहेको सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा सभा गर्दैछ ।


सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार बेलुकी नै धनगढी पुगिसकेका छन् ।


देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन् । उनी धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन् । धनगढीको सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। कांग्रेसले मंगलबार डडेलधुरा चुनावी सभा राखेको छ। 


माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।