close

पोखरामा गठबन्धका उम्मेद्वारले नजिते मुलुक दुर्घटनामा जाने एसका नेता श्रेष्ठको चेतावनी

पोखरामा गठबन्धका उम्मेद्वारले नजिते मुलुक दुर्घटनामा जाने एसका नेता श्रेष्ठको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठले पोखराका मेयरका उम्मेद्वार धनराज आचार्यले नजिते मुलुक दुर्घटनामा पर्ने बताएका छन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा गठबन्धनका उम्मेद्वारले चुनाव नजिते मुलुक दुर्घटनामा पर्ने बताएको केही दिनपछि श्रेष्ठले पोखरामा गठबन्धनका उम्मेद्वारले नजिते मुलुक दुर्घटनामा पर्ने बताएका हुन् । 

 

पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर उम्मेदवार छन् ।

 

आफूहरूले विगतमा आफ्ना अध्यक्षलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको स्मरणसमेत सो क्रममा उनले गरे ।

 

उनले भने, ‘हामीले हाम्रो तत्कालीन अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईँहरूका पार्टी सभापतिलाई यही हातले विश्वासको मत दिएका हौँ । यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै ठूलो दुर्घटनामा मुलुक जान्छ । त्यसैले जसरी पनि जिताउनुपर्छ ।’