close

ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंकाजस्तो भइसक्ने प्रवक्ता महतको दाबी

ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंकाजस्तो भइसक्ने प्रवक्ता महतको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाशशरण महतले केपी शर्मा ओली प्रधानमन्त्री भइरहेका भए नेपालको अवस्था यतिबेला श्रीलंकाको जस्तो भइसक्ने बताएका छन् ।

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी ६७ बुँदे कांग्रेसका गल्ती औँल्याएको भोलिपल्ट प्रवक्ता शर्माले ओलीमाथि यस्तो आरोप लगाएका हुन् । 

 

यस्तै, प्रवक्ता महतले केपी शर्मा ओलीले आफ्नो गल्ती ढाकछोप गर्न नेपाली कांग्रेसमाथि अनावश्यक आरोप लगाएको बताए । 

 

महतले आक्रोशित हुँदै भने, ‘ओलीजीका काण्ड सुनाएर साध्य छैनन् । नेकपामा तत्कालीन नेताहरूले नै उहाँका काण्ड लिखितरुपमा दर्ता गरेका हुन् । उहाँले गफमात्र गर्नुभयो । काम कांग्रेसले गरेको छ । कोभिड र भूकम्पमा जनतालाई जोगाउने कांग्रेसको हो ।’

 

यस्तै, महतले नेकपा एमालेले नेपाली कांग्रेसले कामको व्याजलाई आफ्नो उपलब्धिको रूपमा प्रचार गरिरहेको बताएका छन् ।