close

३० गते पानी पर्ने सम्भावना रहेकाले गृहमार्फत् व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ : आयोग

३० गते पानी पर्ने सम्भावना रहेकाले गृहमार्फत् व्यवस्था मिलाउन स्थानीय तहलाई भनेका छौँ : आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन (वैशाख३०) मा पानी पर्नेमा चिन्ता प्रकट गरेको छ ।

 

निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो चिन्ता प्रकट गरेको हो । 

 

‘मौसमका सम्बन्धमा हामी पनि चिन्तित छौँ । आज मात्रै गृह मन्त्रालयमा मौसम विभागको कर्मचारीले प्रेजेन्टेसन गरेको पनि हामीले हेरेर आयौँ । उहाँको प्रस्तुतिअनुसार ३० गते पनि पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘त्यसैका कारण ७५३ ठाउँमा आयोगबाट सामग्री किनेर पठाउने सकिने अवस्था छैन । त्यसैले सामान्य प्रशासन मन्त्रालयबाट सक्षम स्थानीय तहलाई आवश्यक व्यवस्था गर्न भनेका छौँ ।’

 

यस्तै, आयोगले मौनअवधि  अघि नै आफ्ना फ्यानबारे सामाजिक सञ्जालमा गरिएका पोस्ट हटाउन पनि निर्देशन दिएको छ । 

 

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।