close

दुई स्थानीय तहको चुनाव सर्ने !

दुई स्थानीय तहको चुनाव सर्ने !

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कुनै उम्मेदवारको निधन भएमा राजनीतिक दलले अर्को उम्मेदवार पठाउनुपर्छ  । तर राजनीतिक दलले दुईदिन समय नपाएमा चुनाव सर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । 

 

त्यसैले दुई स्थानीय तहको निर्वाचन सर्न सक्ने सम्भावना बढेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको निधन भएको उक्त वडाको चुनाव सर्न सक्ने सम्भावना छ । 

 

त्यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। त्यसैले त्यहाँको नि निर्वाचन सर्ने भएको हो । तर यसबारे अहिले निर्णय भने भइसकेको छैन । 

निर्वाचन आयोगका अनुसार वडाध्यक्षको हकमा वडाको मात्र निर्वाचन रोकिने र रोकिएको निर्वाचनपछि एकै पटक मतगणना गर्न सकिन्छ । 

नयाँ उम्मेवार राजनीतिक दलले दिएमा मनोनयन, दाबी विरोध, उम्मेदवारी फिर्ता र फाइनल नामावली प्रकाशनलगायतका सबै प्रक्रिया गर्नुपर्जे भएकाले दुई दिनसम्म लाग्न सक्छ । 

 

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार राजनीतिक दलले चाहेर आज समयमै उम्मेदवारको नामावली दिएमा निर्वाचन समयमै हुन सक्छ । 

 

आज रातको १२ बजेदेखि मौनअवधि सुरु हुने भएकोले नयाँ उम्मेदवारका लागि सबै प्रक्रिया मौनअवधि सुरु हुनुभन्दा पहिले नै भइसक्नुपर्छ । 

उक्त दुई स्थानीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवार समयमा नै पठाएमा निर्वाचन सर्दैन होइन भने सर्ने भएको हो ।