close

'स्थानीय तहको चुनाव शान्तिपूर्ण '

'स्थानीय तहको चुनाव शान्तिपूर्ण '

Trulli
ADVERTISEMENT

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले स्थानीय तहको चुनाव उम्मेद्वार मनोनयनदेखि प्रचारप्रसारको अन्तिम दिनसम्मको स्थिति शान्तिपूर्ण रहेको बताएको छ । 

 

मंगलबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरी जियोकले यस्तो बताएको हो । 

 

‘विगतको तुलनामा राजनीतिक दलहरूका कार्यकर्ता कम आक्रामक हुँदै गएका कारण मतदाताहरूले सुरक्षित महसुस गरेको पाइएको छ’ जियोकले सार्वजनिक गरेको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा भनिएको छ, ‘उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन अघिल्लो दिनसम्म एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्ण प्रचार–प्रसारमै खटेको पाइएको छ ।’