close

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । मतदाता परिचय पत्र हराएकाहरूले नागरिकताका आधारमा मतदानमा सहभागी हुन पाउने भएका हुन् । 

 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको बताए।

 

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्।

 

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले मतदाता नामावलीमा नाम समावेश भई नागरिकतासँग मतदान केन्द्र पुगेका सबैले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए।