close

पूर्वीरुकुममा एमाले कार्यकर्ता हत्या आरोपमा तीनजना पक्राउ

पूर्वीरुकुममा एमाले कार्यकर्ता हत्या आरोपमा तीनजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वीरुकुममा एमाले कार्यकर्ताको हत्या भएको आरोपमा तीन जना पक्राउ परेका छन् । 

 

पूर्वी रुकुमको पुथा उत्तर गाउँपालिकामा एमालेनिकट जुनमाया बुढाको हत्याको आरोपमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा पक्राउ परेको प्रहरी कार्यालय  पूर्वी रुकुमले जनाएको छ । 

 

हत्या आरोपमा पक्राउ पर्नेहरू तीनैजना नेकपा माओवादी केन्द्रका कार्यकर्ता भएको खुलेको छ । 

 

वैशाख ११ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडप भएपछि मृतक जुनमाया बेपत्ता भएकी थिइन् ।