close

सिसिटिभी जडान असम्भव मतदानस्थलमा भिडियो रेकर्डको व्यवस्था

सिसिटिभी जडान असम्भव मतदानस्थलमा भिडियो रेकर्डको व्यवस्था

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले सबै पालिकाको मतदानस्थलमा तत्काल सिसिटिभी जडान असम्भव भएका ठाउँमा भिडियो रेकर्डको व्यवस्था गर्ने बताएको छ ।

 

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले सबै स्थानीय तहमा सिसिक्यामेर जडान गर्ने अवस्था नभएको र स्थानीय तहले सिसिक्यामेरा जडान गर्न असम्भव भएकाले सिसिक्यामेरा जडान असम्भव स्थलमा भिडियो रेकर्डको व्यवस्था गरिने बताए । 

 

 बिजुली, इन्टरनेटलगायत भौतिक असुविधाका कारण सबै स्थानीय तहका बुथमा सिसिटिभी जडान असम्भव भएको आयोगको भनाइ छ । 

 

आयोगले यसअघि २०७८ चैत १ गते संघीय मामिला तथा साान्य प्रशासन मन्त्रालयलाई परिपत्र गरी मतदानस्थलमा दृश्यावलोकन प्रणालीको व्यवस्था गर्न पत्राचार गरेको थियो ।