close

पश्चिम सेती परियोजना निर्माणका लागि भारतलाई दिने तयारी भइरहेको छ : देउवा 

पश्चिम सेती परियोजना निर्माणका लागि भारतलाई दिने तयारी भइरहेको छ : देउवा 

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती निर्माणका लागि भारतलाई दिने तयारी भइरहेको बताएका छन् । 

 

गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवाले मंगलबार चुनावी सभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 

 

पश्चिम सेतीको निर्माण चीनलाई दिए भारतले बिजुली नकिन्ने भएकाले पश्चिम सेतीको निर्माण जिम्मा भारतलाई दिन लागिएको बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पश्चिम सेतीको निर्माणका लागि भारतसँग सम्झौता गर्ने तयारी रहेकोसमेत बताए ।

 

‘चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली भारतले किन्दैन । त्यसैले भारतीय कम्पनीलाई दिएर बनाउने हो,’उनले भने ।