close

नेकपा (बहुमत)का संयोजक बाँस्तोल रिहा

नेकपा (बहुमत)का संयोजक बाँस्तोल रिहा

Trulli
ADVERTISEMENT

काठमाडौँ । चुनाव बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका  नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला  ‘कञ्चन’ रिहा भएका छन् । 

 

दाङको भालुवाङबाट बिहीबार बिहान पक्राउ परेका उनी सामान्य सोधपुछपछि रिहा भएका हुन् ।

 

नेकपा विप्लव नेतृत्वको पार्टीका अध्यक्ष विप्लवले चुनावमा जाने निर्णय गरेपछि उनीलगायतले सोको विरोध गरेका थिए । जसका कारण  बाँस्तोलालगायत सो पार्टी विभाजनमा पुगेको थियो । यही कारण बाँस्तोलालगायतले नयाँ पार्टी निर्माण अघि बढाएका छन् ।

 

सोही क्रममा उनलाई प्रहरीले चुनाव बिथोल्न लागिपरेको भनी नियन्त्रणमा लिएको थियो ।