close

एमाले उपमहासचिव गुरुङलाई आयोगले सोध्यो स्पष्टीकरण

एमाले उपमहासचिव गुरुङलाई आयोगले सोध्यो स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

 

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उपमहासचिव गुरुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो । उनले मौन अवधिमा एमालेका उम्मेदवारका लागि भोट मागेका थिए ।

 

उपमहासचिव गुरुङले एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो सामाजिक संजालबाट बुधबार बिहानै भिडियो पोस्ट जारी गरेर आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ।

 

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’

 

मौन अवधिमा मत मागेको भन्दै विरोध भएपछि उनले बुधबार बिहान नै पोस्ट हटाएका थिए।