close

चितवन कांग्रेसले  पूर्वसांसदसहित थप नेता तथा कार्यकर्तालाई गर्‍यो कारबाही 

चितवन कांग्रेसले  पूर्वसांसदसहित थप नेता तथा कार्यकर्तालाई गर्‍यो कारबाही 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस चितवनले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई कारबाही गरेको छ । 

 

स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले उनीहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो । 

 

कांग्रेसले यसअघि नै भरतपुर महानगरमा गठबन्धनविरुद्ध बागी उम्मेद्वार दिएका जगन्नाथ पौडेल र उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई कारबाही गरेको थियो । 

 

कारबाहीमा पर्नेहरूमा पूर्वसांसद श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्वजिल्ला सचिव आनन्दराज राउत र क्रियाशील केशव पौडेल छन् । 

 

नेपाली कांग्रेसले गठबन्धनविरुद्ध उभिएको भन्दै धमाधम आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्दै आएको छ ।