close

नेपाली कांग्रेस शीर्ष नेताले कहाँ-कहाँबाट गर्दैछन् मतदान ?

नेपाली कांग्रेस शीर्ष नेताले कहाँ-कहाँबाट गर्दैछन् मतदान ?

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह २०७९मा मतदान गर्ने समय केही घन्टा बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेता आ–आफ्नो मतदान पुगेका छन् । 

यसै क्रममा  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि बुधबारै डडेलधुरा पुगिसकेका छन् भने महामन्त्री गगनकुमार थापाले काठमाडौं काठमाडौंमै छन् । उनी यहीका बासिन्दा भएकाले पनि उनी काठमाडौंमै रहेका हुन् । उनले शुक्रबार हुने मतदानमा  मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् । 

 

अर्का नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयको केन्द्रबाट मतदान गर्दैछन् । उनी केही समययता विराटनगरमै छन् ।  

 

अर्का कांग्रेस नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँस्थित व्यास नगरपालिका–२ सत्यवती माविबाट मतदान गर्दैछन् । उनी पनि गृहजिल्ला तनहुँ पुगिसकेका छन् । 

 

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले सोलुखुम्बुस्थित श्री बिपी संस्कृत माविबाट मतदान गर्दैछन् । उनी स्थानीय तह निर्वाचनका लागि केही केही समययता सोलुखुम्बुमै छन् ।