close

नेकपा एमालेका शीर्ष नेताले कहाँ–कहाँबाट गर्दैछन् मतदान ? 

नेकपा एमालेका शीर्ष नेताले कहाँ–कहाँबाट गर्दैछन् मतदान ? 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  स्थानीय तह निर्वाचनका लागि सबै दलका शीर्ष नेता आ–आफ्नो मतदान स्थलमा पुगिसकेका छन् । सोही क्रममा नेकपा (एमाले)का शीर्ष नेता पनि आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । 

 

शुक्रबारबाट हुने मतदानमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्दैछन् ।  यस्तै, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिकामा रहेको स्काइलार्क स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

 

यस्तै, पूर्वसभामुख तथा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङले इलाम नगरपालिकास्थित बालमन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् । उपाध्यक्ष विष्णु पौडेलले  बुटवल उपमहानगरपालिका–८ र महासचिव तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–११बाट मतदान गर्दैछन् ।