close

नेकपा एमाले चितवनद्वारा प्रचण्ड र संघीय सरकारका मन्त्रीलाई कारबाही गर्न माग

नेकपा एमाले चितवनद्वारा प्रचण्ड र संघीय सरकारका मन्त्रीलाई कारबाही गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले चितवनले मौन अवधिमा मतदाता प्रभावित पार्ने गरी नेकपा माओवादीका अध्यक्षा प्रचण्ड र दुई मन्त्रीलाई कारबाही गर्न माग गरेको छ । 

 

नेकपा एमाले  चितवनले एक विज्ञप्ति जारी गर्दै  प्रचण्ड र संघीय सरकारका मन्त्रीहरू किसान श्रेष्ठ र उमा रेग्मी तथा राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयसँग कारबाही गर्न माग गरेको हो ।

 

नेकपा एमाले चितवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले जोडदार माग गर्छ ।’

 

अध्यक्ष पुष्पकमल दाहालसहित दुई बाहलवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ र महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्य मन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी सरकारी गाडीको दुरुपयोग गरी मतदाताको घरघर पुगेको आरोप लगाएको छ । 

 

यस्तै, एमालेले आफूहरूले मन्त्री श्रेष्ठ र राज्यमन्त्री ले मतदाता प्रभावित पार्ने गरी चलखेल गरेको आफूहरूले सूचना पाएको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।