close

रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील सूचीमा

रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील सूचीमा

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि १२८ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार ७८ मतदानस्थल सामान्य सूचीमा छन् ।  सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जानकारी दिए । 

 

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्रप्रहरी ६०० परिचालन गरिएको पाण्डेले बताए । तीनवटा घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । 

 

पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी छन् । मोबाइल टोलीको रूपमा सेनालाई पनि खटाइने भएको छ । पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । 

 

रुपन्देहीमा सात सय मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् । 

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए ।