close

मतपत्र खाेसेर फरार निवर्तमान अध्यक्ष पक्राउ

मतपत्र खाेसेर फरार निवर्तमान अध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र खोसेर भागेका दोलखा तामाकोसी गाउँपालिका–१ का निवर्तमान  वडाध्यक्ष पक्राउ परेको जानकारी दिएको छ । 

 

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा मतदाता परिचयपत्र खोसेर फरार निवर्तमान वडाध्यक्षलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । 

 

आयोगका अनुसार उनलाई निर्वाचन कसुरअन्तर्गत कारबाही प्रक्रिया पनि अघि बढाइएको छ । 

 

सोही स्थानको वडा कार्यालयमा मतदाता परिचयपत्र वितरण गरिरहेको अवस्थामा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट परिचयपत्र खोसेर उनी फरार भएको आयोगले जानकारी दिएको छ ।