close

मतदान सुरू : ३५ हजार २११ जनप्रतिनिधि चुनिँदै

मतदान सुरू : ३५ हजार २११ जनप्रतिनिधि चुनिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतदान सुरु भएको छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो ।अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।

एकै चरणमा स्थानीय तह निर्वाचन २०४७ पछि पहिलो पटक हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका जनप्रतिनिधि छनौटको लागि आज मतदान सुरु भएको हो । 

कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर नगरपालिका–१७ को निर्वाचनबाहेक सबै स्थानीय तहमा आज मतदान सुरु भएको हो । यी दुई स्थानीय तहका उम्मेदवारको निधन भएकोले जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ । 

 

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । देशभर १० हजार ७५६ मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गर्दैछन् ।

 

मतदाताहरूको मदाधिकार प्रयोगबाट निर्वाचनबाट ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्। यस वर्षको निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ। आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन्। यसमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्।

 

परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।