close

सबै मिलेर काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाऔं : बालेन

सबै मिलेर काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाऔं : बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंका आम मतदातालाई धन्यवाद दिँदै सबै मिलेर काठमाडौंलाई नमुना शहर बनाउनु पर्ने बताएका छन्  ।

 

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका साह २३ हजार ४२६ मतान्तरले विजयी भएका छन्। निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले संक्षिप्त भनाइ राखेर धन्यवाद र्‍याली सुरु गरेका छन्। 

 

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुन: कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्ट+तिलगंगा-गौशाला- चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।

 

र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भु हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीकामी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

 

यसअघि उनले भने,‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैजना मिलेर सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु धन्यवाद!’

 

‘स्थानीय निर्वाचनको जुन परिणाम आएको छ यसलाई हामीले हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुनेछ, अबको ५ वर्षमा हाम्रो एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यसम्पन्न गर्ने धारणा रहेको छ,’ उनले थपे, ‘सम्पूर्ण नगरवासी र उपस्थित साथीभाइ, परिवाजनलगायत सबै महानगरलाई हामीले परिवारको रुपमा लिएका छौं।’