close

बालेन र डंगोलको सोमबार शपथ र पदभार

बालेन र डंगोलको सोमबार शपथ र पदभार

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको सोमबार मात्रै शपथग्रहण हुने भएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले बालेन साहले मेयर तथा सुनिता डंगोलले पदभार ग्रहण गर्न थप तीन दिन प्रतीक्षा गर्नुपर्ने भएको हो ।

 

काठमाडौँको मतगणना हिजो राति टुङ्गिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा पछि बिहानैदेखि बालेन र सुनिता विजयोत्सव मनाउन व्यस्त छन् ।

 

एमाले शनिबार डंगोलसहित काठमाडौँमा निर्वाचित जनप्रतिनिधिहरूको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी गरेको छ ।

 

सोमबार महानगरपालिकामा शपथग्रहणपछि बालेन साहले प्रमुख तथा सुनिता डंगोल उपप्रमुखका रूपमा औपचारिकरुप पदभार ग्रहण गर्ने छन् । उनीहरूको कार्यकाल पाँच वर्षको हुनेछ ।