close

बालेन र हर्कलाई शुभकामना दिँदै प्रचण्डले संसद्मा भने...

बालेन र हर्कलाई शुभकामना दिँदै प्रचण्डले संसद्मा भने...

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा धरान र काठमाडौंमा मेयर पदमा निर्वाचित क्रमशः हर्क (साम्पाङ) राई र बालेन्द्र शाहलाई विभिन्न शक्तिकेन्द्रको घेराबाट मुक्त रहन सुझाव दिएका छन् । 

 

विजय दुवै मेयर संघीय लोकतान्त्रिक फुलबारीभित्र दुई वटा फुल फक्रिएको बताउँदै उनले भने, ‘स्वतन्त्र उम्मेदवारबाट विजय भएकाहरूलाई विभिन्न शक्ति केन्द्रले घेराबन्दीमा पार्ने प्रयास गर्नेछन् । दुवै विजयीलाई त्यसबाट मुक्त भएर जनताको सेवाका निम्ति समर्पित भएर लाग्न सुझाव दिन्छु । त्यसले राजनीतिक दलहरूलाई पनि रूपान्तरण गर्न उत्प्रेरणा नै दिनेछ ।’

तर, उनले बाँकी विजयी उम्मेद्वारहरु स्वतन्त्र नभई राजनीतिक पार्टीसँग आबद्ध व्यक्ति भएको बताए । 

 

‘अहिले सबैतिर चर्चा छ । पार्टीका उम्मेदवार विजय हुन सकेनन् । स्वतन्त्र उम्मेद्वारहरु विजयी भए । तर, धेरै ठाउँ पार्टीका उम्मेदवार विजयी हुन सकेनन् भन्ने आएको छ । तर, स्वतन्त्र भनेर सबै स्वतन्त्र म देख्दिनँ । काठमाडौं र धरानका दुई पात्र विजय हुनुभयो । वास्तवमा उहाँहरूको पछि पार्टीका नेता तथा कार्यकर्ता उहाँहरूको पछि देखिएन । तर, बाँकी जनकपुर, धनगढीलाई कसरी स्वतन्त्र भनौँ । उहाँहरूको पछि पार्टीकै मानिस लागिरहेका छन् ।’

 

काठमाडौं र धरनाका मेयर अलि विशिष्ट किसिमले प्रस्तुत भएको बताउँदै उनले यसलाई विभिन्न दृष्टिले विश्लेषण गरी एकथरिले राजनीतिक दलका लागि राम्रै झापड हो भनेर टिप्पणी आइरहेको उनले बताए । 

 

‘म के ठान्छु भने काठमाडौं र धरानमा जुन किसिमको विचार प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो । त्यो चाहिँ विशिष्ट छ । र, त्यसलाई मान्नुपर्छ ।त्यसमा अरू सबैलाई स्वतन्त्र थप्न जरुरी छैन । र मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक फुलबारीभित्र काठमाडौं र धरानमा फेरि दुई वटा नयाँ फुलहरू फक्रिएको ठान्छु म । फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्रकै हो । यही संविधानकै फुलभित्र । राजनीतिक दलहरूले आफ्ना नीति र विचारहरूमा पुनर्विचार गर्नुपर्ने नीतिहरूलाई सच्याउनुपर्ने त्यसका लागि सोच्नुपर्ने, सोच्नुपर्ने, आत्मसमीक्षा गर्नुपर्नेतिर ध्यान दिनुपर्ने, उम्मेदवार छनोट गर्दा त्रुटि भएको छ भने त्यसमा ध्यान दिनुपर्ने पक्कै बनाएको छ ।’

 

काठमाडौं र धरानका मेयरको विजयलाई लिएर राजनीतिक दलका लागि चुनौती ठान्नु नहुने बताउँदै सचेत मात्रै गराएको  उनले बताए । 

 

‘काठमाडौंको मेयर र धरानको मेयरको विषयलाई लिएर राजनीतिक दललाई नै चुनौती हो भनेर बुझ्नु सही हुँदैन । तर, राजनीतिक दलालाई सावधानी गराउने काम पक्कै भएको छ । हामी राजनीतिक दल पूर्ण छौँ भनेर सोच्ने ट्रेनतिर अगाडि बढेको भने यसलाई पक्कै पनि समग्रमा काठमाडौं र धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो । तर, हामीलाई सचेत हुन, कमीकमजोरी सच्याउनका लागि एउटा अवसर र चुनौती पनि हो,’ उनले भने, ‘तपाईंहरु यही संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअन्तर्गत जनताका भावना, आवश्यकतालाई सम्बोधन गर्ने र राजनीतिक दलहरूसँग समदुरीको सम्बन्धसहित सबैको सहयोग जुटाउन सक्नूहोस् । मेरो शुभकामना छ ।’