close

सहमतिका आधारमा नागरिकता विधेयक टुंगोमा पुग्छ : प्रधानमन्त्री

सहमतिका आधारमा नागरिकता विधेयक टुंगोमा पुग्छ : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नागरिकता विधेयक सहमतिका आधारमा टुंगोमा पुर्‍याउने बताएका छन् ।

 

शनिबार सरकारको आगामी नीति तथा कार्यक्रम छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

 

उनले भने, ‘बेहे गरेको भोलिपल्ट नै अंगीकृत नागरिकता दिने व्यवस्था हटाउन राष्ट्रिय सहमति चाहिन्छ । विवाह गरेको ७ वर्ष, ५ वर्ष, २ वर्षपछि भन्ने कुरा विवादास्पद छ । यसमा राष्ट्रिय सहमति चाहिन्छ । अहिलेसम्मको चलन विवाह गरेको भोलिपल्टै नेपालमा नागरिकता पाउने छ । त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । सात वर्ष, दुई वर्ष, तीन वर्ष भन्छन्, यस सम्बन्धमा हँचुवाका भरमा ल्याउने कुरा भएन । यसमा राष्ट्रिय सहमति गराएर व्यवस्था हुन्छ ।’

 

नेपाली नागरिक भइसकेकाका उमेर पुगेका सन्तानलाई नागरिकता दिने पक्षमा सरकार रहेको बताउँदै भने,  ‘जसका आमाबाबु नागरिक भइसकेका छन् तर छोराछोरी नागरिक छैनन् त्यस सम्बन्धमा धेरै अन्याय हुने कुरा भयो । जसका आमाबाबु नागरिक भइसकेका छन् उनीहरूलाई त नागरिकता दिनुपर्यो । त्यस सम्बन्धमा व्यापक छलफल गरेर सहमति गराएर नागरिकता दिने पक्षमा छौं । त्यसमा सबै पार्टीहरूले सहमति दिनुहुनेछ ।’