close

त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेका उम्मेदवा निर्वाचित

त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेका उम्मेदवा निर्वाचित

Trulli
ADVERTISEMENT

उदयपुर । त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् ।

 

साेमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९५९ र राई १३ हजार ७०३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।

 

नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ९ हजार १४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छन् ।  
 

गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ । एमालेले ४ र माओवादीले ३ 
अघिल्लो निर्वाचनमा एमालेले कब्जा जमाए पनि बराबर रहेको सदरमुकाम त्रियुगामा यस पटकको निर्वाचन परिणामले पार्टीलाई झण्डै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याएको देखाएकाे छ ।