close

बजेटको भण्डाफोर गर्न दलका सांसदलाई ओलीको निर्देशन   

बजेटको भण्डाफोर गर्न दलका सांसदलाई ओलीको निर्देशन   

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष  तथा पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले  ल्याएको बजेट अनुचित भएको बताउँदै सांसदरूलाई जनताको बीचमा भण्डाफोर गर्न  निर्देशन दिएका छन् ।

 

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विनासिद्धान्त र प्राथमिकताको आधारमा ल्याएको भन्दै सांसदहरूलाई सो निर्देशन दिएका हुन् । 

 

‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ’, बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने ।