close

३ बजे गठबन्धनको बैठक बस्दै

३ बजे गठबन्धनको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठक बस्ने भएको छ । 

 

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलको बैठक बस्न लागेको हो । 

 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध  छन् ।  

 

बैठक  आइतबार सार्वजनिक बैठकमा केन्द्रित हुने बताइएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणामबाट उत्साहित गठबन्धनमा आबद्ध दलको  यो दोस्रो बैठक हो । 

 

स्थानीय तह निर्वाचनमा यसअघि प्रथम स्थान हासिल गर्न सफल नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले पहिलो स्थान हात पार्न सफल भएको छ भने नेकपा माओवादी केन्द्रले पनि पहिलेको भन्दा आफ्नो स्थान सुधार गरेको छ ।