close

शपथ ग्रहणमा बालेनले किन लगाएनन् माला ?

शपथ ग्रहणमा बालेनले किन लगाएनन् माला ?

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन)ले माला नलगाई शपथग्रहण गरेका छन् । 

 

आज राष्ट्रियसभा गृहमा आयोजित शपथग्रहण समारोहमा मेयर साहले माला लगाउन अस्वीकार गरेका हन् । 


यसअघि ओखरपौवास्थित डम्पिङ साइटमा पुग्दा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने स्थानीयसामु बाचा गरेका थिए । 

 

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।