close

मन्त्रिपरिषद‍्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

मन्त्रिपरिषद‍्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं । आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।

 

त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । 

 

आजै ४ बजे अर्थमन्त्री शर्माले संसदमा करिब १७ खर्बको बजेट प्रस्तुत गर्दैछन् । बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ।