close

आन्तरिक कमजोरीका कारण स्थानीय तहमा कम सिट आएको माओवादी पूर्वस्थायी समिति बैठकको निष्कर्ष

आन्तरिक कमजोरीका कारण स्थानीय तहमा कम सिट आएको माओवादी पूर्वस्थायी समिति बैठकको निष्कर्ष

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीले आन्तरिक कमजोरीका कारण स्थानीय निर्वाचनमा कम सिट माओवादीले कम सिट प्राप्त गरेको छ । 

 

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

 

नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पार्टीसँग गठबन्धन गरी स्थानीय तह निर्वाचनमा होमिएको नेकपा मओवादीले कुल ७५३ स्थानीय तहमध्ये १२१ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ ।

 

त्यस्तै, गठबन्धनमा आबद्ध सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३३६ ठाउँमा नगरप्रमुख पदमा निर्वाचित भएको छ भने एकीकृत समाजवादीले २०प्रमुख पदमा विजय हासिल गरेको छ । जसपाले ३० स्थानमा प्रमुख पदमा निर्वाचित भएको छ ।