close

मेयरसाब नभई सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस महामन्त्री थापाको सुझाव

मेयरसाब नभई सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस महामन्त्री थापाको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसबाट पालिका र नगर प्रमुख पदमा निर्वाचित भएकाहरूलाई मेयर साव हुन छाडेर नागरिकका हक र सेवा प्रवाह, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान दिन सुझाव दिएका छन् । 

 

बुधबार भक्तपुरमा स्थानीय तहमा  निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । 

 

साथै, उनले आफ्नो पार्टीबाट विजय हुनेहरूले कामका आधारमा रिपोर्ट कार्डको व्यवस्थासमेत गर्ने बताए । 

 

  यस्तै, उनले कांग्रेस जनतामाझ पपुलर भएको बताउँदै आमचुनावमा लगौँ भनी प्रस्ताव गरे । स्थानीय तह निर्वाचन परिणामले कांग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको उनको भनाइ छ । 

 

 स्थानीय तह निर्वाचन आमनिर्वाचनको झल्को दिनेखालको भएको बताउँदै उनले एमालेले यसअघि आफ्नो पक्षमा आएको मतपरिणामको पुष्टि गर्न नसक्दा यसपटक मतपरिणाम आफ्नो पक्षमा आएको उनले बताए  ।