close

पोखराको मेयर पदमा २० हजार ३३२ मत बदर

पोखराको मेयर पदमा २० हजार ३३२ मत बदर

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाको मतगणना सकिँदा मेयर पदमा खसेको मतको करिब १४ प्रतिशत बदर भएको छ । 

 

मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भइसकेका छन् । मेयरमा २० हजार ३३२ र उपमेयरमा १९ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

पोखराको चुनावमा यसपालि अत्यधिक मत बदर भएको भेटिएको हो । १ लाख ४३ हजार ११० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभए पनि मेयर र उपमेयरमा भने अधिक मत बदर देखिएको छ । 

 

३३ वडा रहेको महानगरमा २३ जना कांग्रेस र १ जना स्वतन्त्र गरी गठबन्धनले २४ अध्यक्ष जितेको छ । एमालेले भने ९ वडा मात्रै जित्यो । नगरसभा सदस्यमा भने उपमेयरसहित एमालेले ८७ र गठबन्धनले मेयर सहित ८० सिट जितेको छ ।