close

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका यादव निर्वाचित

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका यादव निर्वाचित

Trulli
ADVERTISEMENT

रौतहट । गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् ।

 

कारिब ५५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन् । यादवले ८ हजार ६३१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत प्राप्त गरे ।

 

उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।