close

बालेनको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा अग्रता बढी

बालेनको जित सुनिश्चित, गन्न बाँकी मतभन्दा अग्रता बढी

Trulli
ADVERTISEMENT

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी हुने पक्का भएको छ ।

 

काठमाडौँमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बालेन आगामी ५ वर्षका लागि काठमाडौँ मेयर हुने पक्कापक्की भएको हो ।

 

काठमाडौँ महानगरपालिकामा खसेको १ लाख ९१ हजार १२५ मतमध्ये अब १९ हजार ३२३ मत मात्रै गन्न बाँकी छ। यो अवस्थामा बालेनले ५५ हजार ७४७ मतसहित फराकिलो अग्रता बनाइरहेका छन्।

 

बुधबार बिहानसम्मको मत परिणाम अनुसार बालेनले ३२ प्रतिशत मत पाउँदै जित पक्का गरेका हुन् । अब १९ हजार ३२३ मत गन्न बाँकी रहँदा उनले दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ३७६ मतले अग्रता बनाएका छन्।

 

उता तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितभन्दा बालेनले २१ हजार १२१ मतले अगाडि छन्।

 

यो अवस्थामै बालेनले मेयर पद पक्का गरेका हुन्। अब बाँकी रहेको १९ हजार ३२३ मत सबै सिर्जनाको पक्षमा पर्दा पनि बालेनलाई जित्न अझै १ हजार ५३ मत अपुग हुन्छ।

 

अर्कातिर केशव स्थापितको पक्षमा सबै १९ हजार ३२३ मत परेमा पनि अब उनले बालेनलाई भेटाउन सक्ने छैनन्।

 

यो अवस्थामा बाँकी रहेको १९ हजार ३२३ मत परेमा पनि बालेनलाई भेट्टाउन स्थापितलाई अझै १७ सय ९८ मत अपुग हुन्छ।

 

सुरुदेखि नै अग्रता बनाएका बालेनलाई स्थापितले काठमाडौँको कोर एरिया पुगेपछि उछिन्ने तर्क गरेका थिए। तर कोर एरियामा पुगेपछि उनी तेस्रो स्थानमा पुगे भने सिर्जना दोस्रोमा उक्लिइन्। 

 

उता अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि कोर एरियामा पुगेपछि १० हजार ३२२ भोट ल्याइसकेका छन्।