close

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

Trulli
ADVERTISEMENT

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

 

निर्वाचन आयोगको सूचना प्रणालीमा आज प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।

 

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेश प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका,  रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ । 

 

सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।