close

घोषणापत्र लागू भएका दिन विजय उत्सव मनाउँला : बालेन

घोषणापत्र लागू भएका दिन विजय उत्सव मनाउँला : बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मेयरमा विजय सुनिश्चित भएका बालेन साहले आफू विजय जुलुस निकाल्ने पक्षमा नरहेकाे बताएका छन् ।

 

मतगणना अन्तिम चरणमा रहेकाे र विजय सुनिश्चत रहेकाे अवस्थामा सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले घाेषणापत्रमा लेखिएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न समर्थकलाई आग्रह गरेका छन् । 

 

उनले आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गरेका हुन् ।

 

‘जीत-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ, घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला, अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं,’ उनले भने । 

 

अभियानलाई सफल पार्ने मनसाय हाे भने आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली निकाल्न उनले आग्रह गरेका छन् । निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा शुरु भएको भन्दै उनले आफ्नो कामकारबाहीलाई खवरदारी गर्न आग्रह गरेका छन् । उनका अनुसार अबको पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुने भएको भन्दै मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।