close

राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई राजीनामा दिन नवनिर्वाचित मेयरको निर्देशन

राजनीतिक दलमा आवद्ध शिक्षकहरूलाई राजीनामा दिन नवनिर्वाचित मेयरको निर्देशन

Trulli
ADVERTISEMENT

बर्दिया । राजापुर नगरपालिकाको मेयरमा निर्वाचित हुनसाथ दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्।

 

यसअघि प्रदेश सांसदसमेत रहेका थारु राजापुर नगरपालिका मेयरमा निर्वाचित भएपछि थारुले मंगलवार पदभार ग्रहण गर्नसाथ एक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिएका हुन्। यसबारे सात दिनभित्र जानकारी दिनसमेत उनले निर्देशन दिएका छन्। थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले नौ हजार ७६० मत पाए । 


यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भइन्। प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत पाइन् ।