close

काठमाडौंको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौंको उपमेयरमा सुनिता डंगोल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँमा खसेका मतमध्ये २४ हजार मत गन्न बाँकी छ । मतगणना सम्पन्न नभइसके पनि नेकपा एमालेका उपमेयरकी उम्मेदवार सुनिता डंगोलको जित निश्चित भइसकेको छ । 

 

 गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो । 

 

डंगोलले ६० हजार मत पाउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरूबिच करिब ४० हजारको मतान्तर छ । अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

 

अहिलेसम्मको गणनाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ९२१ मत पाएका छन् ।

 

अहिलेसम्मको गणनाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ९२१ मत पाएका छन् ।