close

काठमाडौं-२१ मा एमालेका बज्राचार्य विजयी

काठमाडौं-२१ मा एमालेका बज्राचार्य विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन्। सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भए । 

 

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएका हुन् ।

 

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,  ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।

 

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना भइरहेको हाे । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ६० हजारभन्दा बढी मत गणना भइसकेको छ।