close

पोखरा महानगरको मेयरमा धनराज आचार्य निर्वाचित

पोखरा महानगरको मेयरमा धनराज आचार्य निर्वाचित

Trulli
ADVERTISEMENT

कास्की ।  पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । उपमेयरमा नेकपा (एमाले) की मञ्जुदेवी गुरूङ निर्वाचित भएकी छन्।

 

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत र राष्ट्रिय प्रजातन्त्र  पार्टी (राप्रपा) का शंकर खरालले पाँच हजार ६७४ मत प्राप्त गरेका छन्।

 

उपमेयरमा एमालेकी गुरुङले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई तीन हजार ८८३ मतान्तरले पराजित गरेकी हुन्। गुरुङले ६० हजार ५४६ मत र रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरेकी छन्। त्यस्तै‚ राप्रपाकी रञ्जना सेनले पाँच हजार ६९९ मत प्राप्त गरिन्। 

 

३३ वटा वडा रहेको पोखराको २३ वटा वडा कांग्रेसले जितेको छ। यस्तै‚ एमालले नौ वटा वडा जितेको छ । वडा नम्बर २२ बाट स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्।