close

ललितपुरको मेयरमा चिरिबाबु पुन: निर्वाचित

ललितपुरको मेयरमा चिरिबाबु पुन: निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जन ४२ हजार ७२२ मतसहित विजयी भएका हुन् ।

 

उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए । ब्यन्जनकारले २४ हजार ५६० मत प्राप्त गरेका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबीबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् ।

 

ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । ब