close

ओलीप्रति लक्षित गर्दै नेपालले भने  : देशमा धेरै गफाडी जन्मिएका छन्

ओलीप्रति लक्षित गर्दै नेपालले भने  : देशमा धेरै गफाडी जन्मिएका छन्

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा धेरै गफाडी जन्मिएको बताएका छन् ।

 

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

 

 

‘जनताले के के न आउला भनेर आस गरे, तर केही पनि आएन’ उनले भने । उनले हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामलाई आत्मसात् गर्दै काम गर्न आग्रह गरेका छन् । ‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासुजस्तै हो,’ उनले भने ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’