close

राजस्व व्यवस्थापन गर्ने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर साम्पाङको पहिलो निर्णय

राजस्व व्यवस्थापन गर्ने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर साम्पाङको पहिलो निर्णय

Trulli
ADVERTISEMENT

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्ग करसम्बन्धी व्यवस्थालाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेका छन् ।

साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गरी सो कार्यदल गठन गरेका हुन् ।

 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाका अनुसार आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरिएको हो ।

कार्यदलको संयोजकमा नगर उपप्रमुख रहेका छन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि छन् ।

सदस्य सचिवमा पालिकाको राजश्व महाशाखा प्रमुख तोकिएको धरान उपमहानगरका सूचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताए ।