close

विवाद टुंगो नलाग्दै त्रियुगामा मतगणना सुरु

उच्च अदालत विराटनगरमा १६ गते पेशी

विवाद टुंगो नलाग्दै त्रियुगामा मतगणना सुरु

उच्च अदालत विराटनगरमा १६ गते पेशी

Trulli
ADVERTISEMENT

 

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना सुरु भएको छ ।

 

सो नगरपालिको वडा नं १२ मा पुनः मतदान गर्ने वा झरेको मत नै गणना गर्ने भन्ने विषयमा टुङ्गो नलाग्दा मतगणना कार्य प्रभावित बनेको थियो । मतदानका दिन दिउँसो मतदान कार्य जारी रहँदा विवाद सिर्जना भएपछि मतदान कार्य स्थगित भएको हो।

 

गत वैशाख ३० गते त्रियुगा नगरपालिका १२ स्थित जनप्रेमी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया चलिरहँदा वर्षा भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको थियो । वर्षाका कारण मतपत्र सुरक्षित राखेर मतदान प्रक्रिया अगाडि बढाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए । 

 

पुनः मतदान हुन नसकेपछि स्थानीय स्तरमा नै मिश्रित प्रतिक्रिया आएको थियो । तर, झन्डै ५१ प्रतिशत मत खसिसकेकाले त्यही मतदानलाई सदर गरेर गणना कार्य अघि बढाइउने आयोगको निर्णयलाई भने स्थानीय मतदाताले समेत रुचाएका छैनन् । त्यसैले अधिकांश मतदाता भने त्यो मतदान रद्द गरी फेरि मतदान गर्नु पर्ने पक्षमा छन् ।

 

सोमबार मात्रै उच्च अदालत विराटनगरले यही जेठ १६ गते यो मुद्दाको पेशी तोके पनि आयोगले अदालतको निर्णय आउनु अगावै मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

 

विवाद अदालतमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा निर्वाचन आयोगको यस्तो हठात् निर्णय प्रति राजनीतिक दल तथा पुन मतदानको माग गर्ने मतदाता समेत आश्चर्यमा परेका छन् ।

 

निर्वाचन आयोगले भने स्थलगत अनुगमनको प्रतिवेदनका आधारमा मत गणना सुरु गर्ने निर्णय गरिएको जनाएको छ ।

 

त्रियुगा नगरपालिका क्षेत्रमा वडा नं. १२ बाहेक बाँकीमा कुल ३८ हजार ४५८ मत अर्थात् ६७ दशमलव ८४ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो ।