close

कानुन बनाएर मात्रै सौन्दर्य प्रतियोगिता गराउन संसदीय समितिको निर्देशन

कानुन बनाएर मात्रै सौन्दर्य प्रतियोगिता गराउन संसदीय समितिको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले विभिन्न नाममा हुने सुन्दरता, मोडलिङजस्ता प्रतियोगिता कानुन बनाएर मात्रै सुसञ्चालन गर्न निर्देशन दिएको  छ । 

 

सोमबार बसेको सो समितिको बैठकले मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग जस्तै उमेर, जात, योग्यतामा आधारित कुनै पनि प्रकारका सौन्दर्य सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएरमात्र सञ्चालन गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन निर्देशन दिएको हो ।

 

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा घटेको एक घटना सार्वजनिक भएको सडकदेखि सदनसम्म चर्चा र चासोको विषय बनेको छ ।