close

रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन सार्वजनिक बिदा

रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

 

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभित्र सार्वजनिक बिदा दिएको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले  एक सूचना गरी जेठ ८ गते  गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक गर्न निर्देशन दिएका हुन् । 

 

मधेश प्रदेशमा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । तर, कुनै पनि स्थानीय तहले विजय उत्सव मनाउन  सार्वजनिक बिदा दिएको छैनन् ।