close

उद्घाटन, स्वागत, सम्मानलगायत कार्यक्रममा नअल्झाउन आग्रह

उद्घाटन, स्वागत, सम्मानलगायत कार्यक्रममा नअल्झाउन आग्रह

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाका नवनियुक्त मेयर गोपाल हमालले आफूलाई अत्यावश्यकबाहेकका काममा आफूलाई नअल्झउन सबैमा आग्रह गरेका छन् । 

 

उनले सोमबार पद तथा गोपनियताको शपथ ग्रणह गरेपछि सामाजिक सञ्जालमार्फत आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारी एकदमै बढेकाले उद्घाटन, सभा-सेमिनार, स्वागत, सम्मानलगायत कार्यक्रममा आफूलाई नबोलाउन सम्पूर्ण नगरवासी एवम् संघसस्थाहरूमा अनुरोध गरेका हुन् । 

 

स्वतन्त्र उम्मेदवार हमाल २६ हजार ८०० मतसहित धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृप वडलाई १२ हजारभन्दा बढी मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।