close

गौरादह नगरपालिकाको प्रमुखमा एमालेका सुवेदी निर्वाचित

गौरादह नगरपालिकाको प्रमुखमा एमालेका सुवेदी निर्वाचित

Trulli
ADVERTISEMENT

झापा । गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ ।

 

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहितकुमार शाहलाई पराजित गरेका हुन् । शाहले ११ हजार ४४८ मत प्राप्त गरे  । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित थिए । 

 

उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन् । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरे ।  उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरे । ढकालले १० हजार ३४८ मत प्राप्त गरेका छन्  । 

 

गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा नौ वडा रहेका छन् । जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन् ।